पत्रकार हिरा परियारलाई डेकेन्द्र थापा पत्रकारिता पुरस्कार

पत्रकार हिरा परियारलाई डेकेन्द्र थापा पत्रकारिता पुरस्कार

मुसिकोट । प्रेस चौतारी नेपालले आफ्नो २४ औ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रुकुमका सचिव एवं ग्यालेक्सी टेलिभिजनमा कार्यरत पत्रकार हिरा परियार लगायत विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । पत्रकार परियारलाई डेकेन्द्र थापा पत्रकारिता पुरस्कार (२०७८) बाट पुरस्कृत गरिएको हो ।

प्रेस चौतारीले २०७७ र २०७८ को पुरस्कार एकै पटक घोषणा गरेको छ । जस अनुसार ह्दरयचन्द्रसिह प्रधान पुरस्कार चौतारीका पुर्व अध्यक्षद्धय राजेन्द्र अर्याल र गगन विष्टलाई प्रदान गरिएको छ भने अग्निशिखा पत्रकारिता पुरस्कार कृष्णविनोद लम्साल र झलक सुवेदी तथा डेकेन्द्र थापा पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डित र रुकुम पश्चिमका पत्रकार हिरा परियारलाई प्रदान गरिएको छ ।

यसैगरि वीरेन्द्र शाह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम (गोरखापत्र) र अनुप तिवारी (पर्सा), शान्तिराम कार्की पत्रकारिता पुरस्कार चन्द्र न्यौपाने र शान्ति गुरुङ एवं पद्मलक्ष्मी सावित्रि स्मृति पत्रकारिता पुरस्कार अब्दुल्ला मियाँ र शिवराज भट्ट (कैलाली) लाई प्रदान गरिएको प्रेस चौतारी नेपालले जनाएको छ ।

चौतारीले सो पुरस्कार चौतारीको आसन्न केन्द्रिय महाधिवेशनको क्रममा वितरण गर्ने बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार