प्रचण्डका छिमेक यात्रा : भारतमा उच्च सम्मान, चीनमा सामान्य चियापान

प्रचण्डका छिमेक यात्रा : भारतमा उच्च सम्मान, चीनमा सामान्य चियापान

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर बुधबार राती काठमाडौं फर्किँदैछन् ।

उनको चीन भ्रमण उल्लेख्य सफलताउन्मुख भने भएन । चीन जाने क्रममा नेपालसँग भएका सम्झौतालाई कार्यान्वयनका लागि आफुले पहल गर्ने बताए पनि प्रचण्डले ‘माओशाला’को अवलोकनबाहेक अन्य साधारण भेट गरेर मात्र फर्किए ।

चीन भ्रमण जानुपूर्व भारतको भ्रमणका क्रममा उनलाई अलिक धेरै महत्व दिइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसम्मले प्रचण्डसँग भेट गरेका थिए ।

यस्तै, उनलाई भारतका विभिन्न मिडियाले अन्तरवार्ता लिएका थिए भने गुप्तचर एजेन्सी प्रमुखहरूले पनि उनलाई भारतनकिज रहेको भनी टिप्पणी गरेका थिए । तर प्रचण्ड आफु समदुरीमा रहेको सन्देश दिनका लागि जुुन महत्वका साथ चीन निस्किएका थिए, उनले त्यसलाई देखाउन सकेनन् ।

चार दिनको चीन बसाइको क्रममा उनलाई चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री लगायतको भेट मिलेन । राष्ट्रपति सी जिन पिङ रसिया भ्रमणमा प्रचण्ड चीन पुगेकै दिन निस्किएका थिए ।

चीन बसाइको क्रममा प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरे ।

चीन बसाइको क्रममा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख, येनान नगरका सेक्रेटरी लगायतसँग भेटवार्ता गरे । उपराष्ट्रपतिसँग भेट गर्ने मौका पाए । तर त्यो भेट भारतमा जति फलदायी भएन ।

तुलनात्मक रूपमा पनि प्रचण्डले जाँदा विमानस्थलमा भनेका विषयलाई चिनियाँ पक्षसँग प्रभावकारी रुपमा राख्न सकेनन् । पहिलो पटक चीन भ्रमणमा निस्कँदा चिनियाँ सत्ताले उनलाई जुन महत्व दिएको थियो, यसपटक दिएन । चीनमा सामान्य चियापान भन्दा बढी केही हुन नसकेको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार