जनयुद्ध दिवसको अवसरमा आठबीसकोटमा सार्वजनिक बिदा

जनयुद्ध दिवसको अवसरमा आठबीसकोटमा सार्वजनिक बिदा

आठबीसकोट नगरपालिका

मुसीकोट । जनयुद्ध दिवस को अवसरमा रुकुम पश्चिमको एक नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

जिल्लाको आठबीसकोट नगरपालिकाले फागुन १ गते आइतबार संघीय लोकतान्त्रिक गणतन्त्रको आधारको रुपमा रहेको सशस्त्र जनयुद्धको थालनी भएको दिनको सम्झानामा  सार्वजनिक बिदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर विष्टले जानकारी दिनुभयो ।

बिहीबार एक सूचना जारी गर्दै माघ २४ गते बसेको ६७ औँ नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रका सम्पूर्ण सरकारी कार्यालय‚ विद्यालय‚ संघसंस्थाहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

नगरपालिका द्धारा जारी गरिएको सूचना :

नगरपालिका द्धारा जारी गरिएको सूचना

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार