दलाखेतमा नेपाली काँग्रेसले बनायो टोलसमिति र तरुण दल

दलाखेतमा नेपाली काँग्रेसले बनायो टोलसमिति र तरुण दल

मुसिकोट । नेपाली काँग्रेसले मुसिकोट नगरपालिकाको वडा नम्वर ४ मा पार्टीको टोल समिति र तरुण दल गठन गरेको छ ।

बिहिबार  दलाखेतमा भएको एक भेलाले युवराज खड्काको अध्यक्षतामा २३ सदस्यीय टोल समिति गठन गरेको नेपाली काँग्रेस मुसिकोट नगर सचिव सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो । सचिव शर्माका अनुसार सोहि भेलाबाट गणेश केसीको अध्यक्षतामा २६ सदस्यीय नेपाल तरुण दल टोल समिति पनि बनाईएको छ ।

स्थानीय तहको चुनावको मिति घोषणासँगै नेपाली काँग्रेसले जिल्लाभर बिभिन्न गतिबिधिहरु गरिरहेको बेला मुसिकोटको वडा नम्वर ४ मा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

वडा सभापति शंकर कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य टेकबहादुर पुन, नगर सचिव शर्मा, पूर्व वडा सभापति बिष्णु कुमार शर्मा, समाजसेवी जवाहरलाल शर्मा लगायतको उपस्थिति रहेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार