यदु स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी केसीलाई

यदु स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी केसीलाई

मुसीकोट । २०७८ सालको यदु स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार  महेश केसीलाई प्रदान गर्ने निर्णय भएको छ ।

शुक्रवार काठमाडौँमा बसेको पत्रकारिता पुरस्कार सिफारिस समितिको बैठकले केसीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।

पुरस्कार आगामी फागुन २१ गते प्रदान गरिने जनाईएको छ । हाल कान्तिपुर टेलिभिजन र बुटवल टुडे दैनिकमा कार्यरत पत्रकार केसी विगत १४ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

उहाँ यसअघि अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक, सौर्य दैनिक, समय संवाद साप्ताहिक, जन्तिधारा साप्ताहिक पत्रिकामा काम गरिसक्नुभएको छ ।

विगत २० वर्षदेखि यदु स्मृति प्रतिष्ठानले हत्या, हिंसा र अराजकताविरुद्ध शान्ति, सुशासन र अमनचयनको पक्षमा कलम चलाउने पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको बताएको छ ।

तत्कालीन नेकपा एमालेका सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार