सात स्थानीय तहको वडा संख्या र सिमाना हेरफेर गर्दै

सात स्थानीय तहको वडा संख्या र सिमाना हेरफेर गर्दै

काठमाडौँ । सरकारले मुलुभरका ७ वटा स्थानीय तहको वडा संख्या र सिमाना हेरफेर तथा वडा विभाजनको तयारी गरेको छ ।

सम्बन्धित स्थानीय तहले वडा विभाजन तथा वडा संख्या र सिमाना हेरफेरका लागि सम्बन्धित प्रदेश सरकारका निवेदन दिएपछि प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रादेशकि समन्वय तथा योजना महाशाखा अन्तरगत रहेको प्रादेशिक समन्वय शाखाले आवश्यक कारवाहीका लागि संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको हो ।

वडा विभाजन तथा वडा संख्या र सिमाना हेरफेरका लागि प्रक्रिया अघि बढाउने स्थानीय तहमा संखुवासभाको धर्मदेवी नगरपालिका, धनकुटाको महालक्ष्मी नगरपालिका, इलामको इलाम नगरपालिका, उदयपुरको बेलका नगरपालिका, खोटाङको जन्तेढुंगा गाउँपालिका, रुकुम पश्चिमको सानोभेरी गाउँपालिका र बझाङको मष्टा गाउँपालिका रहेका छन् ।

जसमा ६ वटा स्थानीय तहले वडा संख्या र सिमाना हेरफेर गर्नका लागि प्रक्रिया अघि बढाएका हुन एउटा स्थानीय तह बझाङको मष्टा गाउँपालिकाले वडा विभाजनका लागि प्रक्रिया अघि बढाएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार