एमसीसीको विरोधमा मुसिकोटमा प्रर्दशन

एमसीसीको विरोधमा मुसिकोटमा प्रर्दशन

मुसीकोट अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा रुकुम पश्चिमको मुसिकोटमा प्रर्दशन गरिएको छ । नेकपा एकीकृत समाजवादी निकट युवा संगठन नेपाल र अनेरास्ववियुले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रर्दशन भएको थियो ।

प्रर्दशनमा सहभागीहरूले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘दलालहरू होसियार’, ‘एमसीसी खारेज गर,’ लगायतका नारा लगाएका थिए ।

विरोध प्रर्दशन बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियो । कोणसभाको सम्बोधन युवा संगठन नेपाल कर्णाली प्रदेश उपाध्यक्ष सन्तोष खड्का र अनेरास्ववियुका जिल्ला अध्यक्ष हुकुम बिसीले गर्नुभएको थियो ।

प्रर्दशनमा नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य शेरबहादुर केसी, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देवी ओली, जिल्ला अध्यक्ष विमल कुमार पुन लगायत युवा संगठन र अनेरास्ववियुका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार