प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोगको एमालेले प्रतिवाद गर्ने

प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोगको एमालेले प्रतिवाद गर्ने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ।

आकस्मिक रुपमा आइतबार राति अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले महाअभियोग ‘गम्भीर र षड्यन्त्रपूर्ण’ भएको निष्कर्ष निकालेको हो।

एमालेले महाअभियोग लगाउने सत्ता गठबन्धनधको निर्णयलाई संसदीय प्रक्रियाबाटै प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंखर पोखरेलले जानकारी दिए। उनले भने, ‘यो घटनालाई हाम्रो पार्टीले लोकतन्त्रमाथिको आक्रणका रुपमा लिएको छ। यो गम्भीर र षड्यन्त्रपूर्ण घटना हो।’

एमालेले महाअभियोगले घोषित स्थानीय तहको चुनावलाई प्रभावित पार्न सक्ने आशंकासमेत व्यक्त गरेको छ। सत्ता पक्ष र प्रतिपक्षबीचको सुधार हुँदै गएको सम्बन्धलाई समेत आइतबारको घटनाले बिगार्ने एमालेले ठहर गरेको छ।

आइतबार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीश राणामाथि महाअभियोग दर्ता गरेको छ। २१ वटा आधार प्रस्तुत गर्दै संसदमा दर्ता भएको महाअभियोगसँग राणा निलम्बनमा परेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार