जन्मदिनको अवसरमा बिरामीलाई ६० हजार सहयोग

जन्मदिनको अवसरमा बिरामीलाई ६० हजार सहयोग

मुसीकोट मानिसहर आफ्नो जन्मदिनमा साथीभाइ मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर रुकुमका एक युवाले आफ्नो जन्मदिनको अवसरमा एक जना बिरामीलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गर्नुभएको छ ।

जिल्लाको सानोभेरी गाउँपालिका वडा नं ६ घर भई हाल अमेरिकामा रहनुभएका मनराज देवकोटाले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई आर्थिक सहयोग गर्नुभएको छ ।

उहाँले वडा नम्बर ३ गरायला निवासी दुबै मृगौला फेल भई हाल काठमाडौँमा उपचाररत सुमन नकाललाई ५० हजार र वडा नम्बर ११ निवासी मस्तिष्कको बिरामी वीरजित डाँगीलाई १० हजार गरी जम्मा ६० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त रकम नेपाल पत्रकार महासंघ रुकुमका सह सचिव पत्रकार नारायण ओलीको समन्वयमा वडा नं ३ का वडा अध्यक्ष बिर्ख बहादुर बिष्टले बिरामी सुमन नकालकी दिदी लालसरी नकाल ओलीलाई हस्तान्तरण गर्नुभएको छ ।

सहयोगी देवकोटाले अमेरिकामा रहेर विगत देखि नै थुप्रै दुखी पीडितलाई सहयोग गर्दै आउनुभएको छ । हाल देवकोटाकै अगुवाइमा अमेरिकामा सुमन नकालको उपचारको लागि सहयोग अभियान सञ्चालन गरिरहनुभएको छ । उक्त अभियानमा हालसम्म ५ लाख भन्दा बढी रकम जम्मा भैसकेको देवकोटाले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार