उनीभित्रको प्रचण्ड…..

उनीभित्रको प्रचण्ड…..

शताब्दी पुग्न थालेका
मेरो बाबा भन्नुहुन्छ ..
केही रोगले सकियो
केही शोकले सकियो
केही बिचारले सकियो
केही भावनाले सकियो
केही शंकाले सकियो
केही बिश्वासले सकियो
आखिर उनीपनि
एक मान्छे न हुन् ।। १ ।।

केही खुलापनले सकियो
केही छलछामले सकियो
केही अँध्यारोले सकियो
केही उज्यालोले सकियो
केही सपाटले सकियो
केही दिग्भ्रमले सकियो
आखिर उनीपनि
एक मान्छे न हुन् ।। २ ।।

केही आफन्तबाट सकियो
केही पराईबाट सकियो
केही मीठोबाट सकियो
केही तितोबाट सकियो
केही जानेर सकियो
केही नजानेर सकियो
आखिर उनीपनि
एक मान्छे न हुन् ।। ३ ।।

केही सहेर सकियो
केही नसहेर सकियो
केही सनकले सकियो
केही रनकले सकियो
केही शान्तिले सकियो
केही अशान्तिले सकियो
आखिर उनीपनि
एक मान्छे न हुन् ।। ४ ।।

केही धैर्यताले सकियो
केही अधैर्यताले सकियो
केही बुझेर सकियो
केही नबुझेर सकियो
केही नजिकबाट सकियो
केही टाढाबाट सकियो
आखिर उनीपनि
एक मान्छे न हुन् ।। ५ ।।

केही देखेर सकियो
केही भोगेर सकियो
केही खाएर सकियो
केही नखाएर सकियो
केही बुद्धिले सकियो
केही कुबुद्धिले सकियो
आखिर उनीपनि
एक मान्छे न हुन् ।। ६ ।।

केही मानेर सकियो
केही नमानेर सकियो
केही लचकताले सकियो
केही दृढताले सकियो
केही उमेरले सकियो
केही समयले सकियो
आखिर उनीपनि
एक मान्छे न हुन् ।। ७ ।।

केही मानले सकियो
केही अपमानले सकियो
केही इमानले सकियो
केही झुठले सकियो
केही आशाले सकियो
केही निराशाले सकियो
आखिर उनीपनि
एक मान्छे न हुन् ।। ८ ।।

केही त्यागले सकियो
केही ट्यागले सकियो
केही बोलीले सकियो
केही लोलीले सकियो
केही लुटले सकियो
केही गुटले सकियो
आखिर उनीपनि
एक मान्छे न हुन् ।। ९ ।।

त्यसैले ,
फेरि एकपटक
म मर्नुअघि
बिरोधाभासको
चक्रमार्गबाट
पूर्ण मुक्त भई
धुमिल बनिरहेको
उनीभित्रको
प्रचण्ड प्रतापी
हेर्न मनछ ।। १० ।।

०७८ फागुन ०४ , रूकुम पश्चिम ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार