५०१ जना कैदीहरूको सजाय मिनाहा, १२ जनालाई आममाफी

५०१ जना कैदीहरूको सजाय मिनाहा, १२ जनालाई आममाफी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीहरूको बाँकी सजाय मिनाहा गरेकी छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी ती कैदीबन्दीहरूको सजाय मिनाहा गरेको जनाएको हो।  शनिबारदेखि लागू हुने गरी फूर्वा शेर्पासहित ५०१ जनाको सजाय मिनाहा हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषदले ती कैदीबन्दीको सजाय मिनाहाका लागि राष्ट्रपतिको कार्यालयलाई चिठी लेखेको थियो।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

यसैगरी आङनिमा शेर्पासमेतका १२ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार