सानीभेरीमा काँग्रेसको वडा भवन उद्घाटन

सानीभेरीमा काँग्रेसको वडा भवन उद्घाटन

मुसिकोट । नेपाली काँग्रेस सानीभेरी गाउँपालिका वडा नम्बर ६ ले वडा कार्यालय सञ्चालनका लागि नयाँ भवनको निर्माण गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाल बिद्यार्थी संघका निवर्तमान उपाध्यक्ष खड्कबहादुर डाँगीले नव निर्मित वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख अथिति रहनु भएका नेता डाँगीले भवन उद्घाटनका् अवसरमा कम्युनिष्टहरुले जनताको मतको कदर गर्न नसकेको बताउनुभएको छ ।

गत प्रदेश सभा निर्वाचनमा प्रदेश सभा निर्वाचनका उमेद्वार समेत रहनुभएका नेता डाँगीले नेपाली काँग्रेस अब स्थानीय स्तरदेखि केन्द्रसम्म पहिलो पार्टी हुने र जनताको मतको उच्च सम्मान गर्ने बताउनुभयो । उहाँले भवन निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै सबै तहका चुनावमा नेपाली काँग्रेसलाई मत दिन अनुरोध समेत गर्नुभयो ।

एक सय बर्गमिटर क्षेत्रफलमा करिब पाँच लाख रकम खर्च गरेर उक्त भवन निर्माण गरिएको वडा सभापति दुर्गालाल कुसारीले जानकारी दिनुभयो । प्रशासनिक कार्य सञ्चालन तथा पार्टीका गतिबिधिहरु निरन्तर गर्न भवन निर्माण गरिएको उहाँले बताउँनुभयो ।

कार्यालयको सजावट तथा फर्निचर व्यबस्थापनको काम बाँकि रहेको र त्यसका लागि अझै थप एक लाख बजेट खर्च हुने अनुमान गरिएको वडा सभापति कुसारीले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि नेपाली काँँग्रेसका स्थानीय नेता चन्द कुसारी लगायत बिदेशमा रहनुभएका नेपाली काँग्रेस समर्थकहरुले सहयोग गरेको बताईएको छ ।

भवन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश कार्यसमिति सदस्य रिपबहादुर ओली, जिल्ला कार्यसमिति सदस्य तुल्सिराम बुढाथोकी, तरुण दलका जिल्ला अध्यक्ष लोकेन्द्र केसी, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष लालबहादुर ओली, प्रदेश सभा कार्य समिति उपसभापति कमलजंग बिक र सचिव इन्द्रबहादुर खड्का, प्रदेश महाधिवेशन प्रतिनिधि कर्ण डाँगी र बलबहादुर बिक, तरुण दल सानीभेरीका अध्यक्ष दिर्घ गहतराज लगायतको आथित्यता रहेको थियो ।

वडा सभापति दुर्गालाल कुसारीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन भिमराज देवकोटाले गर्नुभएको थियो भने पूर्व जिल्ला कार्यसमिति सदस्य गमबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार