थानकोटमा राखिएका तीन सय बढीलाई गाडीमा घर पठाइयो

थानकोटमा राखिएका तीन सय बढीलाई गाडीमा घर पठाइयो

बैशाख ६ काठमाडौ
सर्वोच्च अदालतले घर जान भनेर हिँडेकालाई गन्तव्यसम्म पुर्‍याइदिन वा घर नपुर्‍याए जो जहाँ छन् त्यहीँ उचित खाना र बस्नेको व्यवस्था गरिदिन सरकारलाई आदेश दिएको सँगै थानकोट प्रहरीले त्रिभुवन पार्कमा राखिएकालाई आ आफ्नो गृहजिल्लामा पठाएको छ।

 

घर जान भनेर उनीहरू विभिन्न ठाउँबाट हिँडेर हिजो र आज थानकोट आइपुगेका थिए। उनीहरूलाई त्रिभुवन पार्कको क्याम्पमा राखिएको थियो। आज भने सबैलाई आ(आफ्नो गृहजिल्ला पठाइएको प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

 

‘हिजो र आज नागढुंगा नाका भएर बाहिरिनेलाई त्रिभुवन पार्कमा क्याम्प खडा गरी खाना बस्ने व्यवस्थासहित राखेका थियौं’, उनले भने, ‘तीन सयभन्दा बढीलाई आठ वटा गाडीमा राखेर पठाएका छौं।’

 

दोलखा र सिन्धुपाल्चोक जिल्लाबाट हिँड्दै आएका उनीहरू जाजरकोट, बैतडी, बाँके, बर्दिया, सल्यान, नेपालगञ्ज, बुटवल  चितवन, पाल्पा, पूर्वमा महोत्तरी, सर्लाही, बारा, पर्सा, हेंटौडा लगायत जिल्लाका हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार