धादिङमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

धादिङमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

वैशाख ७ काठमाडौ
धादिङ जिल्लाको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बा १ ख ८६३६ नम्बरको बलेरो जिप पल्टिँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते छन् ।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ कि २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभएको छ । जिप सडकबाट १ सय मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई तीनवटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका भैइरहेको छ ।

जिप मलेखुबाट तरकारी बेच्न आएका किसानलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–४, खहरे जाँदै गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार