स्पष्टिकरणमा यूटर्न : डा. पुनले टेकु अस्पतालमै बसेर काम गर्ने, बोलाएका बेला मन्त्रालय हाजिर हुनुपर्ने

स्पष्टिकरणमा यूटर्न : डा. पुनले टेकु अस्पतालमै बसेर काम गर्ने, बोलाएका बेला मन्त्रालय हाजिर हुनुपर्ने

वैशाख ७ काठमाडौं

स् शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुनलाई सरकार टेकु अस्पतालमै काम गर्ने र आवश्यक पर्दा मन्त्रालयमा आउने गरी सहमत गराएको छ।

गत शुक्रबार मन्त्रालयले मन्त्रालयमा स्पष्टिकरणका लागि हाजिर हुन भन्दै पत्र काटेको थियो। सञ्चारमाध्यममा चर्को विरोध भएपछि मन्त्रालय डा। पुनलाई स्पष्टिकरण साध्ने बोटोबाट पछि फर्केर सहमति गराउनेतर्फ अघि बढेको हो। यसअघि डा। पुनले नै आफूलाई कारवाही गर्ने उद्देश्यले स्पष्टिकरणको पत्र आएको बताएका थिए।

स्वास्थ्य मन्त्रालयले डा। पुनले विभिन्न संञ्चारमाध्यममा राखेका धारणामा असहमति राख्दै आएको थियो। स्रोतका अनुसार सरकारले चीनबाट ल्याएको ओम्नी समूहमार्फत ल्याएको कोरोना परीक्षण किट्स भरपर्दो नभएको भन्ने डा। पुनको धारणामा मन्त्रालयको असहमति थियो।

आइतबार डा। पुन मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटेपछि आफू टेकुमै काम गर्ने र आवश्यक पर्दा मन्त्रालयमा परामर्शका लागि आउने बताएका छन्।

यता डा। पुनलाई स्पष्टिकरण नसोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टले आइतबारको नियमित प्रेस बिफ्रिङमा डा। पुनलाई मन्त्रालयले स्पष्टिकरण नसोधेको र अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ को अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको बताए।

मन्त्रालयमा बैडक सकिए लगत्तै डा। पुनले विज्ञप्ति जारी गर्दै आफूलाई जोडेर सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले आइतबार अस्पतालको पत्र प्राप्त भएको र अस्पतालको काममा बाधा नपर्ने गरी मन्त्रालय सञ्चालन गरेको कोभिड–१९ अभियानमा उपस्थित हुने विषयमा सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको बताएका छन्।

‘पछिल्ला दिनमा म सँग जोडिएर सार्वजनिक संञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। आजदेखि म कार्यरत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पत्र प्राप्त भएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उक्त पत्रअनुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्‍याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकाले आजकै मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छु। यसलाई मैले सामान्य प्रक्रियाका रुपमा लिएर आफ्नो नियमित काममा क्रियाशिल छु।’

शनिवार भने डा। पुनले आफूलाई मन्त्रालयले स्पष्टिकरण सोधेको बताएका थिए। ‘हिजो स्पष्टिकरण पत्र आएको छ। आइतबार स्पष्टिकरणका लागि मन्त्रालय जाँदैछु,’ डा। पुनले काठमाडौं प्रेससँग भनेका थिए,‘म जापान छोडेर देशका लागि काम गर्न भनेर आएको हुँ। काम गर्दा यस्तो पुरस्कार दिन्छन् भने ठीकै छ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार