वैदेशिक रोजगारीबाट नेपाल फर्किएकालाई उद्यममा लगाउन कार्यदल गठन

वैदेशिक रोजगारीबाट नेपाल फर्किएकालाई उद्यममा लगाउन कार्यदल गठन

बैशाख ८ काठमाण्डौ
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवालाई उद्यममा संलग्न गराएर देशमै रोजगारी दिन कार्यदल गठन भएको छ


आइतबार मन्त्रालयको समन्वयमा विभिन्न मन्त्रालय र निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिबीच भएको छलफलले विदेशबाट आएका युवालाई देशमै उद्यम गर्न प्रेरित गर्नको लागि कार्यदल गठन गरेको हो ।

 

कार्यदलको नेतृत्व उद्योग मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखा प्रमुखले गर्नेछन् भने कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सदस्य रहनेछन् ।

 

साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा निजी क्षेत्रका छाता सङ्गठनहरु, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर्स अफ् कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधि पनि रहने छन् । समितिको कार्यदलले १५ दिनभित्र प्रतिवदेन बुझाउने बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार