महँगी र कालोबजारी रोक्न रुकुम पश्चिममा बजार अनुगमन

महँगी र कालोबजारी रोक्न रुकुम पश्चिममा बजार अनुगमन

मुसिकोट । रुकुम पश्चिममा महँगी र कालोबजारी रोक्न बजार अनुगमन शुरु गरिएको छ । बुधबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङ बजार क्षेत्रमा रहेका पसलहरुमा अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय लगायतको संयुक्त आयोजनामा सोलाबाङ बजारमा रहेका बिभिन्न पसलहरुको अनुगमन गरिएको हो ।

सोलाबाङ बजारको बिभिन्न ठाउँका ११ वटा खाद्य तथा किराना पसल, मेडिकल, एग्रोभेट, तरकारी तथा फलफुल र मासु पसलहरुमा अनुगमण गरिएको हो ।

अनुगमनको क्रममा कतिपय पसलमा मुल्यसूची नराखेको, दर्ता नविकरण नगरेको, कर चुक्ताको कागजात नभएको साथै म्याद गुज्रिएका सामानहरु समेत फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमन टोलीले तोकीएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न पनि सुझाव दिइएको छ । बजार अनुगमन कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्राविधिक शेर बहादुर खड्का, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा बिरेन्द्र बिष्ट, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधि मेनका चन्द, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, पत्रकारहरु राजु लामिछाने र परिचन्द्र खत्री, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार