सिम्लीमा बजार अनुगमन,५० हजार मूल्य बराबरका म्याद गुज्रिएका सामान जफत

सिम्लीमा बजार अनुगमन,५० हजार मूल्य बराबरका म्याद गुज्रिएका सामान जफत

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्ली बजार क्षेत्रमा रहेका पसलहरुमा अनुगमन गरिएको छ हो । महँगी र कालोबजारी रोक्न शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको अगुवाईमा बिभिन्न पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा अधिकांश व्यवसायहरु दर्ता नभएको, दर्ता भएकाहरुको समयमै नविकरण नभएको, म्याद गुज्रिएका सामान बिक्रि गरिएको र मूल्य सूचि नराखिएको पाईएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्काले जानकारी दिनुभयो ।

अनुगमन टोलिले सिम्ली बजार क्षेत्र भित्र रहेका ३० वटा पसलहरुमा अनुगमन गरेको हो। अनुगमनका क्रममा म्याद गुज्रिएका धेरै संख्यामा मसला, जुस, बिस्कुट, दालमोट र औषधी फेला परेको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब ५० हजार रुपैया मुल्यका म्याद गुज्रिएका सामानहरु जफल गरिएको छ। व्यवसायीहरुलाई पहिलो पटक सुझाव दिईएको र सुझाव पुरा नभएमा उपभोक्ता संरक्षण ऐन अनुसार कारबाहि गरिने प्रजिअ खड्काले जानकारी दिनुभयो

खाद्य तथा किराना पसल, मेडिकल, एग्रोभेट, तरकारी तथा फलफुल र मासु पसलहरुमा अनुगमन गरिएको हो । अनुगमन टोलीले कानूनी प्रक्रिया पुरा गर्न, तोकिएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न सुझाव दिएको खड्काले बताउनुभयो । बजार अनुगमन कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सानीभेरी गाउँपालिका कृषि तथा पशु शाखा, सिम्ली बजार व्यवस्थापन समिति, पत्रकार लगायतको सहभागितामा संयुक्त बजार अनुगमन गरेको थियो ।

यसअघि जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङमा असार १५ गते बजार अनुगमन गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार