कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दै

कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दै

बैशाख ९ काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बोलाइएको छ। सरकारले अप्रत्याशित रुपमा दुई अध्यादेश जारी गरेपछि आज मंगलबार विहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो।

बैठक पार्टि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा हुने बताएको छ । सोमबार जारी भएका दुई अध्यादेशका विरुद्धमा पार्टीले निर्णय लिने बताइएको छ।

दलसम्बन्धी र संवैधानिक परिषद् गरि दुई अध्यादेश राष्ट्रपतिबाट हतार हतारमा जारी गरिएको थियो। कांग्रेस सभापति देउवाले अध्यादेश जारी हुनुलाई नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो भएको उल्लेख गरेका छन्।

कोरोनाको संक्रमणसंग पुरै विश्व लडिरहेको समयमा सत्ताको उन्मादका रुपमा अलोकतान्त्रिक तरिकाले  संविधानको मर्मविपरीत ल्याएको अध्यादेश फिर्ता गर्न कांग्रेसले माग गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार