रुकुम पश्चिममा कोरोनाको द्रुत परीक्षणका लागि किट अभाव

रुकुम पश्चिममा कोरोनाको द्रुत परीक्षणका लागि किट अभाव

बैशाख १० रुकुम पश्चिम

रुकुम पश्चिममा कोरोना भाइरस परीक्षण गर्ने किट अभाव भएको छ । आज सम्म किट नआएपछि आरडिटी परीक्षण स्थगित हुने अवस्था सिर्जना भएको छ ।

स्वास्थ्य कार्यालय सल्लेका कोरोना रोग नियिन्त्रण फोकल पर्सन ईश्वर रावलले उजेली न्यूज डटकमलाई दिएको जानकारी अनुसार अहिले जिल्लमा स्टकमा ७० वटा किट मात्रै रहेको र आजै आठविसकोट नगरपालिकामा १ सय २० जना र मुसिकोट नगरपालिकामा १ सय १० जान व्यक्तिको आरडिटी परिक्षण गरिने कार्यतालिका भएपनि किट नपुगेपछि परीक्षण रोकिने भएको छ ।

रुकुममा कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ४ सय ५० किट उपलब्ध गराएको र पछि कर्णाली स्वास्थ्य प्रयोगशाला बाट आएको टिमले गरि जिल्लाका छ वटै स्थानीय तहमा ७ सय ५७ जना व्यक्तिमा द्रुत परीक्षण गरिएको मा सबैको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन रावलले बताउनु भयो । उहाँले तत्कालै जिल्लामा करिब २ हजार ५ सय किट आवश्यक रहेको बताउनु भयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार