नेपाल एयरलाइन्सका बढी तलब बुझ्ने पाइलटको तलब कटौती

नेपाल एयरलाइन्सका बढी तलब बुझ्ने पाइलटको तलब कटौती

वैशाख ११ काठमाडौं
नेपाल एयरलाइन्सले दोस्रो पटक स्वदेशी तथा विदेशी पाइलटले पाउँदै आएको तलब कटौती गरेको छ । एयरलाइन्सले विदेशी पाइलटको ५० प्रतिशत र करारमा नियुक्त नेपाली पाइलटको ३३ प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको हो ।

लकडाउन र अन्तराष्ट्रिय उडान-अवतरण तत्काल खुल्ने सम्भावना कम भएसँगै कम्पनीले तलब कटौती गर्ने  निर्णय गरेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काकाले बताउनु भयो  । लकडाउन तत्काल नखुल्ने भएपछि बढी तलब बुझ्ने कर्मचारीको तलबलाई तत्काल कतौती गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।

लकडाउन सुरु भएलगत्तै नेपाल एयरलाइन्सले करारमा नियुक्त विदेशी पाइलटलाई दुई साता र नेपाली पाइलटलाई १० दिन बेतलबी बिदा दिएको थियो । नेपाल एयरलाइन्सले करारमा कार्यरत एक सय ६६ जना एयर होस्टेजलाई समेत १० दिन बेतलबी बिदा दिएको थियो ।

नेपाल एयरलाइन्समा कुल १५ जना विदेशी पाइलट छन् । जसमध्ये दुई जना एयरबस ३२० न्यारोबडी उडाउने पाइलट हुन् । १३ जनाले भने वाइडबडी ए ३३० जहाज उडाउँछन्

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार