विमला र पुनम विश्व बक्सिङमा

विमला र पुनम विश्व बक्सिङमा

काठमाडौं : त्रिभुवन आर्मी क्लबका विमला श्रेष्ठ र पुनम रावलले आगामी नोभेम्बरमा आयोजना हुने विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । आइवा विश्व महिला बक्सिङ च्याम्पियनसिप नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँदिल्लीमा आयोजना हुँदै छ । उक्त प्रतियोगितामा नेपालबाट ५१ केजीभन्दा मुनिको तौलसमूहमा विमला र ६० केजीभन्दा मुनिको तौलसमूहमा पुनमले प्रतिस्पर्धा गर्नेछन् ।

विश्व च्याम्पियनसिपका लागि काठमाडौंमा भएको छनोट प्रतियोगिताबाट विमला र पुनम छनोट भएका हुन् । सातदोबाटोमा दुई दिनसम्म चलेको छनोट प्रतियोगिताको फाइनलमा मंगलबार विमलाले आफ्नै क्लबकी मनु गुरुङलाई अंकका आधारमा ५-० ले पराजित गरिन् । यसैगरी ६० केजीतर्फ आर्मीकी पुनमले प्रतिस्पर्धात्मक खेलमा एपीएफ क्लबकी संगीता सुनारलाई ३-२ ले पराजित गरिन् ।

यसैबीच विश्व च्याम्पियनसिपका लागि छनोट भएका पुनम र विमलालाई खेलकुद प्रवद्र्धन संस्थाका पुष्करराज पन्त र बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले प्रोत्साहन पुरस्कार जनही पाँच हजार रुपैयाँ प्रदान गरे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार