अन्ततः दुवै अध्यादेश खारेज गर्ने मन्त्रीपरिषद्को निर्णय

अन्ततः दुवै अध्यादेश खारेज गर्ने मन्त्रीपरिषद्को निर्णय

बैशाख १२ काठमाडौँ

सरकारले हालै जारी गरेका दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश  खारेज गर्ने निर्णय गरेको छ । चौतर्फी दबाबपछि आज बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार आजको बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बैशाख ८ गते सरकारले जारी गरेका अध्यादेशविरुद्ध सत्तारुढ नेकपाभित्रै बहुमत संख्या उभिएपछि र प्रमुख प्रतिपक्षी दल लगायत साना दलले पनि त्यसको विरोध जनाएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन सहमत हुनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार