म माली हुँ

म माली हुँ

स-साना बोटहरू सारेर
छरिएकालाई एकत्रित पारेर
क्यारीमा रोप्दछु मिलाएर
म माली फूलबारीको
राख्दछु बारी सजाएर,
…………………………………..
माटो पानी बालुवा मिसाएर
आहारा मिठो जुटाएर
घाम पानीबाट बचाएर
म माली फूलबारीको
स्याहार्दछु बारी नझिंजाएर,
………………………………..
ऋतुले फेर्छ स्वरुप रंग
हत्केला मेरा थप्दछन् ढंग
मन मेरो त्यसै हुँदछ फुरूङ्ग
म माली फूलबारीको
कोपिला देखेरै पर्छु दंग,
…………………………..
यामले थप्छ पात र फूल
कहाँबाट फुट्छ भमराको मुल
यो ईश्वरको सृजना कस्तो छ अतुल
म माली फूलबारीको
भन्दछु, सृष्टि मलाई नभूल,
…………………………….
फूलको बास
ल्याई उल्लास
फुर्केर उड्छ सिरसिरे बताँस
म माली फूलबारीको
यही हो मेरो धर्ती र आकाश,
…………………………………..
फूल फुलेर वैलाई झरेर जान्छन्
वियोगका लागि याद भरेर जान्छन्
रीति हो यस्तो चक्रको जङघार तरेर जान्छन्
म माली फूलबारीको
आफैले दिई दैवले पनि लगेर जान्छन् |
 २०७७ बैशाख १२ गते

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार