अभिभावक र विद्यार्थीले लकडाउनको सदुपयोग कसरी गर्ने ? यस्तो छ एक प्रधानाध्यापकको टिप्स

अभिभावक र विद्यार्थीले लकडाउनको सदुपयोग कसरी गर्ने ? यस्तो छ एक प्रधानाध्यापकको टिप्स

कोरोना सङ्क्रमणको बढ्दो जोखिमको कारण सरकारले घोषणा गरेको ‘लकडाउन’ को समयमा घरमै रहेका बालबालिकालाई अभिभावक र परिवारका सदस्यले विशेष ख्याल राख्नुपर्ने कुराहरु रुकुम पश्चिमको जनविकास माध्यमिक विद्यालय आठविसकोटका प्रधानाध्यापक दिपक सङगम थापाले यसरी दिनुभएको छ ।

 सर्बसाधारणले लकडाउनको सदुपयोग कसरी गर्ने ?
१) पहिलो कुरा त लकडाउनको पुर्नरुपमा पालना गर्नुपर्छ ।
२) स्थानीय सरकारलाई सक्दो सहयोग गर्नुहोस ।
३) छिमिकिहरुलाई भाबानात्मक सहयोग गर्नुहोस ।
४) खानपान र सरसफाइमा विशेष जोड गर्नुहोस ।
५) स्थानीय सरकारले गरेको राहतलाई सदुपयोग गर्ने
६) कोहि बिदेश बाट आएको आफन्तलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुहोस ।
७)  घरायसी काम जस्तै करेसावारि खन्ने, तरकारी बाली गोडमेल गर्ने, खानेपानीको धारा बनाउने, नया तरकारी र फलफूल जस्तै काक्रा, फर्सी, करेला, अदुवा, लगायतका बाली लगाउने
८) विभिन्न सिपमुलक सामानहरु जस्तै डोको, डाला, कुचो , कोदाली , बन्चरो, रुमाल , हाते झोला बुनाई, दाउला, बरिया निर्माण गर्ने तर गफ र जुवातासमा समय नबिताउने
९) आफ्ना सन्तानहरुसङग भबिस्यका बारेमा छलफल गर्नुहोस ।
१०)  भेला, बैठक, छलफल, पाहुना बस्ने जस्ता काम गर्दै नगर्ने ।

११) ऐतिहासिक महत्वका विषयवस्तु समेटियका किताबहरु जस्तै दस्तावेज, उपन्यास, कथा, सस्मरन, अनुभुति, निबन्ध संग्रह, धार्मिक पुस्तक, राजनैतिक , कृषि , बैज्ञानिक किताबहरु लगायतका पुस्तक अध्ययन गर्ने ।

अभिभावक र विद्यार्थीहरुलाई अनुरोध
१)  छोराछोरीको आनिबानी सुधारका लागि आफुसङै राख्ने
२) नानिबाबुलाई रमाईला रमाईला कथा सुनाउने
३)  मेहनत र सहयोग गर्दा हुने फाईदाका बारे बताउने
४)  विभिन्न कथा, कबिता, चुट्किला आफुले भन्ने र कोर्न, लेख्न लगाउने
५)  धेरै टाढा डुल्न र घुम्न नदिने
६) पढाईको, कृषि र ब्यापारको महत्त्वका बारेमा बताउने
७) नानीबाबुहरुले कबिता लेख्ने, सामान्यज्ञान पढ्ने, दिमाग खियाउने लगायतका विषय अध्ययन गर्ने
८) माथिल्लो कक्षा उतिर्ण भएकाहरुले कोर्सका किताब पढ्ने र उपलब्ध नभए आफुले पढिसकेका कुराहरु रिपिट वा दोहोर्‍याउने
९)  Word Meaning पढ्ने, गणितका शुत्र, दुना, बिज्ञानका परिभाषा , नेपालीका ग्रामर, शुद्धाशुद्धी, चिट्ठीलेखन, बकतृत्वकला लेखन र सामाजिक विषयको नक्सा, भूगोल, हावापानी, सस्कृती र समसामयिक विषयवस्तुको अध्यनयन गर्ने
१०)  चित्र बनाउने, कार्टुन बनाउने, Handwriting अभ्यास गर्ने, पाठ पठनशिपको बिकास गर्ने ।
११)  आफुले जानेका कुरा घरपरिवारलाई सुनाउने
१२) पढाईका बारेमा चिन्ता नलिने तर नियमित पढ्ने
१३)  SEE का लागि राम्रो तयारी गर्ने, विशेषगरि गणित, बिज्ञान र अङ्ग्रेजी विषयको अभ्यास गर्ने
१४)  घरमा आमा बुवाको कामलाई सघाउने, जस्तै तरकारी, चामल केलाउने, पानी भरिदिने, घरआगनको सरसफाइ गर्ने, आफ्नो कोठा र कपडा आफै सफा गर्ने
१५)  रेडियो, टेलिभिजन र अनलाईन सुन्ने हेर्ने र जानकारी राख्ने, सानालाई सिकाउने र ठुला बाट सिक्ने
१६)  आफुलाई लागेको जिज्ञासा सम्बन्धित गुरु, शिक्षक, घरपरिवार वा कर्मचारीलाई फोन मार्फत सोधपुछ गर्ने ।
१७)  गुवाला जाने हो भने विभिन्न पुस्तकहरु लिएर पढ्ने
१८)  अनावश्यक कुरामा ध्यान नदिइ सरसफाइमा विशेष जोड दिने ।
१९) भेला हुने, गफ गर्ने, झगडा, चोरी, लगायतका काम गर्दै नगर्ने बरु अक्षर सुधारका लागि नियमित लेखिरहने ।
२०)  फुर्सदमा शारीरिक ब्यायाम गर्ने र योगा गर्ने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार