लकडाउन

लकडाउन

उपेन्द्रलाल कामी
कोरोना महामारीको
भरपर्दो मानिएको सुरक्षा कवच
सरकारले गरेको बन्दा-बन्दी हो लकडाउन् !
…………………………
घर बाहिर- गाउँ बाहिर
आफु बसेको ठाउँ बाहिर
जिल्ला बाहिर- देश बाहिर
आ-आफ्नै परिवेश बाहिर
कोहि नजाउन्-कतै नजाउन्
आफुसंग जे छ त्यही खाउन्
ब्यक्तिले आपसि दूरी बनाउन्
चुरिफुरी नगरी घरमै बसुन्
रोगसंग लड्दा भोक पचाउन्
आफु बाँचेर अरुलाई बचाउन्
सुरक्षा नामको सास्तीले नसताउन्
भनेपनि अघोषित नाकाबन्दी हो लकडाउन् !
…………………………………………
सरकारको मनसाय देखिन्छ यस्तो
सकभर परदेशी आफ्नो घरमा नआउन्
आउनै परे उनीहरु सिमापारी नै रोकिउन्
आइसकेपछि क्वारेन्टाइनमा जाउन्
स्वास्थ्य परिक्षण अनिवार्य गराउन्
संक्रमित भए आइश्युलेशनमा बसुन्
घरमा नबसुन्- गाउँमा नपसुन्
साबुनपानीले मिचिमिची हात धोउन्
हाछ्युँ गर्दा नाक-मुख राम्ररि छोपुन्
सबैले मास्क, सेनिटाइजर लगाउन्
सबै मिलेर कोरोना भगाउन्
भनाइ र गराइमा असंगति हुँदा
अब्यवस्थित शिलबन्दी भयो यो लकडाउन् !
……………………………………………..
भन्नलाई त भन्छ सरकारले
कसैलाई संकट भए सरकार समक्ष आउन्
बिपन्न-बेरोजगारले पनि खान पाउन्
महासंकटको जोखिममा कोही नपरुन्
खान नपाइ भोक-भोकै कोही नमरुन्
भनेपनि कामकुरो छाडेर एकातिर
कुम्लो बोकि हिडिरहेछ ऊ ठिमीतिर !
…………………………………………….
राष्ट्रिय एकता त कता हो कता ?
आफनै दलभित्र ल्याउदै छ अनेकता
आफै भित्रको बिवादको दलदलमा
भासिदै गएको छ हरेक पल-पलमा
प्रष्ट देखिएका भ्रष्ट मन्त्रीहरु
सकभर समयमै सच्चिएर आउन्
सच्चिन नसके बिदाइ भएर जाउन्
सरकारको नालायिकता देखाउदै
गलापासोको गलबन्दी भयो यो लकडाउन् !
२०७७/०१/१२ रुकुमकोट रुकुम (पुर्व)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार