भरतपुर अस्पतालबाट २७ वर्षीय युवक डिस्चार्ज

भरतपुर अस्पतालबाट २७ वर्षीय युवक डिस्चार्ज

बैशाख १३ काठमाडौ
कोरोना बाट संक्रमित भई चितवनको भरतपुर अस्पतालमा उपचाररत एकजना निको भएका छन । २७ बर्षका युवकको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले  जानकारी दिनुभएको छ ।

उक्त अस्पतालमा उपचाररत अर्का संक्रमित व्यक्ति डिस्चार्ज भएकाकी आमा हुन् ।  यस्तै अस्पतालले डिस्चार्ज गरे पनि आमा निको भएपछि सँगै जाने भन्दै युवक घर भने गएका छैनन् ।

उनी र उनकी ६३ वर्षीया आमालाई वैशाख ५ गते कोरोना भाइरसको संक्रमणको पुष्टि भएको थियो । यस्तै शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन्।  तस्बिर :भरतपुर अस्पताल

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार