मुसिकोट ८ मा ओरेकले गरेका कामको नगरपालिकाद्वारा अनुगमन

मुसिकोट ८ मा ओरेकले गरेका कामको नगरपालिकाद्वारा अनुगमन

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ का विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । महिला पुनस्थापना केन्द्र (ओरेक) रुकुम पश्चिमले उक्त वडाका सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन गरिएको हो ।

शुक्रबार नगर प्रमुख महेन्द्र केसीको नेतृत्वमा रहेको अनुगमन टोलीले नगरपालिकाको ८ नम्बर वडामा रहेको काप्रीबास टोलमा तरकारी खेतीको र पावल्या टोलमा बाख्रा पालनको अनुगमन गरेको छ । त्यसैगरि सोहि अनुगमन टोलीले घोरखानीका महिला समूहसँग महिला सशक्तिकरणको विषयमा भेटघाट तथा छलफल गरिएको थियो।

अनुगमन टोलीमा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, वडा नम्बर ३ का वडा अध्यक्ष दशरथ केसि वडा नम्बर ५ का वडा अध्यक्ष समिरजंग मल्ल र वडा नम्बर ८ का वडा अध्यक्ष जयबहादुर थापा, समाज कल्यान परिषद अनुगमन मूल्यांकन शाखा प्रमुख आनन्द थापा, ओरेकका जिल्ला संयोजक दिपा धिताल लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार