आठविसकोटमा प्रथम मेयर कप सम्पन्न, उपाधि वडा नम्बर ८ लाई

आठविसकोटमा प्रथम मेयर कप सम्पन्न, उपाधि वडा नम्बर ८ लाई

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा प्रथम मेयर कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । बालकल्याण माविको खेल मैदानमा आयोजित प्रतियोगिताको गत शुक्रबार नगर प्रमुख रवि केसिले उद्घाटन गर्नुभएको थियो ।

नगरकप प्रतियोगिता पुरुष भलिबल तर्फ वडा नम्बर ८ प्रथम, वडा नम्बर १४ दोस्रो र वडा नम्बर ११ तेसो भएको आयोजकले जनाएको छ । त्यस्तै महिला तर्फ वडा नम्बर ३ प्रथम वडा नम्बर ११ दोस्रो र वडा नम्बर २ तेस्रो भएका छन ।

आठबिसकोट नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबार सुरु भएको खेलकुद प्रतियोगिता आज सम्पन्न भएको जनाइएको छ ।

नगरपालिकालाई खेलकुदको हवको रुपमा विकास गर्न नगर स्तरमा बिभिन्न खेलकुद प्रतियोगिता संचालन गरिँदै आएको नगर प्रमुख केसिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रथम मेयर कप भलिवल प्रतियोगिता यसैको निरन्तरता हो ।’ सबै वडाका खेलाडी छनौट खेल मैदान बनाउने योजनाका साथ नगरपालिका अगाडि बढिरहेको जानकारी दिनुभयो ।

नगर प्रमुख रबि केसिको प्रमुख आथित्यता रहेको कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सदस्य मनोज शाहीले गर्नुभएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष विकका अनुसार आठबिसकोट नगरपालिकाका १४ वटै वडाका खेलाडीहरु बीच प्रतिस्प्रर्धा हुने छ ।

प्रतियोगिताको पुरस्कार क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेले ५० हजार ३० हजार र २० हजार नगत र कप मेडल प्रमाण प्रत्र प्राप्त गरेको छन

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार