जिल्ला अस्पताल सल्लेको शव गृह जीर्ण

जिल्ला अस्पताल सल्लेको शव गृह जीर्ण

 

मुसिकोट । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमको शव गृह जीर्ण भएको छ । २०४५ सालमा निर्माण गरिएको उक्त शव गृह घर जीर्ण भएको अस्पताल प्रमुख डा. सुशील पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार शव गृह घरमा आधारभूत सेवा समेत उपलब्ध छैन । एउटा शव मात्रै हुँदा पनि हामीलाई पोस्टमार्टम गर्न कठिन हुन्छ, डा.पोखरेलले भन्नुभयो, कुनै दुर्घटना हुँदा धरै शव हुन्छन्, त्यस्तो बेला त बाहिरै पनि काम गर्नुपर्ने बाध्यता आउँछ ।

अस्पतालका अनुसार शव राख्ने मर्चरी फ्रिज, पोस्टमार्टम टेबल र ट्रली आवश्यक रहेको बताइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार