आठबिसकोट नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न

आठबिसकोट नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको नगर सभाले संशोधन सहित ९ वटा विधेयक पारित गरेको छ ।

उक्त बिधेयक नगर सभामा नगर प्रमुख रवि केसीले प्रस्तुत गर्नुभएको थियो । नगरसभामा पालिकाको यान्त्रिक उपकरण सञ्चालन सम्बन्धी विधेयक, स्वास्थ्य विपत प्रतिकार्य योजना विधेयक, स्वास्थ्य विमा संयोजन समितिको कार्य सञ्चालन विधेयक, बिद्यालय समायोजन विधेयक ,स्वास्थ्य क्षेत्रको अनुगमन मुल्यांकन ,युवा तथा खेलकुद विकास समिती ,कृषि विकास कार्यक्रम कार्यनयन विधेयक ,कर्मचारी व्यवस्थापन र सामाजिक समावेशीकरण लगायतका कार्यविधिहरु प्रमुख केसीले प्रस्तुत गर्नुभएको थियो ।

सभाले नगरपालिकाको १ करोड १४ लाख रकमान्तर गर्ने, वडा कार्यालयको रकमान्तर र नगर तथा वडा कार्यालयको केन्द्र सम्बन्धमा प्रस्तुत गरिएको प्रस्ताव पारित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाहले बताउनुभयो ।

सभाले आठबिसकोटको कार्यपालिकाबाट पारित भएका ऐन कानुन कार्यविधिहरु स्वीकृतको लागी नगरसभमा पेश गरिएको हो । विधेयकमा उल्लेख भए वमोजिम नगर सभाले पारित गरेको हो ।

त्यसैगरि नगर सभामा नगर भित्रका बिभिन्न योजना संशोधन, योजनाको रकमान्तर समेत गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार