अभागी देश र म

अभागी देश र म

जहिले पनि
चुनाव घोषणा हुँदा
नयाँ मान्छे आउँछ
नयाँ आशा ल्याउँछ
भन्‍ने आशै आशमा
गाउँ बस्ती
शहर बजार
उही पुरानो खेलाडी
वा थपिएको नयाँ खेलाडी
उही पुरानो घिसिपिटे
नारा अनि घोषणापत्रसँगै
दुई टक्‍के गीत घन्काउँछ

चुनाव जितेर सरकार बनाउँछ ।

सरकार बन्दा
मोलतोल हुन्छ
नपाए बहाना अनेक पारी
त्यही ट्यारेट्यारे मिडियामा रुन्छ
नागरिक बबुरो म
सत्य त्यहीं सम्झेर
कहिले बानेश्‍वर
कहिले माइती घर मण्डलामा
विरोध भन्दै उत्रन्छु

ठुलो ठुलो स्वरमा
आफूले समेत नबुझेको विषयमा
खबरदार खबरदार भन्छु ।

किन मैले असल
नेता पाउन सकिनँ
किन मैले इमान्दार
नेता भेटाउन सकिनँ
कहाँ रुमल्लिएको छु म
अनि कहाँ हराएको छ मेरो देश ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार