मुसिकोट नगरपालिकाले अनुदानमा किबीका बिरुवा वितरण गर्ने

मुसिकोट नगरपालिकाले अनुदानमा किबीका बिरुवा वितरण गर्ने

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले किसानलाई किबीका विरुवा वितरण गर्ने लागेको छ । मुसिकोट नगरपालिकाको कृषि शाखाले नगर क्षेत्र भित्रका कृषक र कृषि फर्महरुलाई ५० प्रतिशित अनुदानमा किबी खेती गर्नेको लागि विरुवा वितरण गर्ने लागेको हो ।

कृषि शाखाले एक सूचना जारी गर्दै कृषकलाई किबीको विरुवा माग गर्ने आह्वान गरेको छ । आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम तर्फ किबी बगैचा व्यवस्थापन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुुदानमा किसानलाई किबीका विरुवा गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो ।

नगरपालिकाले माघ २६ गते भित्र नगर क्षेत्रका कृषि फर्म तथा किसानहरुले आवश्यक कागजात सहित नगरपालिकाको कृषि शाखामा सम्पर्क गर्ने अनुरोध गरेको छ ।

किबीका विरुवा खरिदको लागि नगरपालिको एक लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

विरुवा माग सम्बन्धि  नगरपालिकाको सूचना :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार