कुटपिटबाट घाइते वडा अध्यक्षलाई काठमाडौं रिफर

कुटपिटबाट घाइते वडा अध्यक्षलाई काठमाडौं रिफर

बैशाख १८ काठमाडौ
बुधबार दिउँसो स्थानीयको कुटपिटबाट गम्भीर घाईते कालिकोट पचालझरना गाउँपालिका –१ का वडा अध्यक्ष रत्नलाल न्यौपाने लाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहिबार काठमाडौं रिफर गरिएको हो ।

बुधबार उपभोक्ता समितिको विषय स्थानीय युवाहरुले वडा न्यौपानेलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

टाउको गम्भीर चोट लागेका वडा अध्यक्ष न्यौपानेको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको वडा अध्यक्ष न्यौपानेकी बुहारी दुर्गा न्यौपानेले बताउनु भयो ।

यस्तै कुटपिटमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय पचालझरनाले स्थानीय २० वर्षिय पारस न्यौपाने, २१ वर्षिय उमेश न्यौपाने, २२ वर्षिय तिलक न्यौपाने, २० वर्षिय जनक न्यौपाने र १९ वर्षिय कमल न्यौपानेलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबाबु ओलियाले बताउनु भएको छ ।

वडाध्यक्ष न्यौपानेको टाउको, नाक, हात र छातीमा चोट लागेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार