मुसिकोटमा अपाङ्गता परिक्षण घुम्ती शिविर हुँदै

मुसिकोटमा अपाङ्गता परिक्षण घुम्ती शिविर हुँदै

 

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा शारिरीक अपाङगता परिक्षण सम्बन्धि घुम्ती शिविर हुने भएको छ ।

मुसिकोट नगरपालिका, बिकलाङ्क मित्र समूह र अपाङ बाल अस्पताल तथा पूनस्थापना केन्द्रको संयुक्त आयोजनामा यहि फागुन ११ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र चाँपामा शिविर आयोजना गरिएको हो ।

शिविरमा १८ बर्ष सम्मका शारिरीक अपाङगता भएका बालबालिकाहरुको स्वास्थ्य परीक्षण एवम् अपाङगता पहिचानका लागि शिविर आयोजना गरिएको महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाकी सहायक महिला विकास निरिक्षक कमला मल्लले जानकारी दिनुभयो ।

शिविरमा जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केका, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएका,भाँचिएको, बाङ्गो हड्डी नजोडिएको, जोर्नीहरु र घुँडामा समस्या, ढाड बाँङ्गो र कुप्रो, जोर्नी दुख्ने सुन्निने समस्या भएका बालबालिकाहरुको उपचार हुने छ ।

नगरपालिकाद्धारा जारी सूचना :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार