चौरजहारीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सुरु

चौरजहारीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सुरु

मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुुद विकास समिति रुकुुम पश्चिमको आयोजनामा आजबाट शितल माध्यमिक विद्यालयमा शिल्ड सुरु भएको हो ।

शिल्डको एक कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले उद्घाटन गर्नुभएको छ । शिल्डमा जिल्लाका ४ वटा स्थानीय तहका करिब डेढसय विद्यार्थीहरु सहभागी भएको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार छात्र, छात्रा भलिवल, एथ्लेटिक्स तर्फ ट्रयाक दौड, रिले दौड, उफ्रने र फाँक्ने तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, ८ पाउण्ड र १२ सय पाउण्ड सटफुट हुनेछ । त्यस्तै छात्र/छात्रा मार्सलआर्ट र कराते प्रतियोगिता पनि हुने छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष गोविन्द ओलीको अध्यक्षतामा भएको कार्यक्रममा चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी, उप प्रमुुख ईश्वरी कुमारी शर्मा विएम, बाँफिकोट गाउँपालिका अध्यक्ष जनक कुुमार बाठाँमगर, सानीभेरी गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, सुरक्षा निकाय प्रमुख, सरकारी कार्यालय प्रमुख लगाएतको आतिथ्यता रहेको थियो ।

शिल्ड प्रतियोगिता फागुन १४ गतेसम्म संचालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार