कैलालीमा बसभित्र युवकसँग भेटिएका दुई युवतीलाई क्वरेण्टीनमा राखियो

कैलालीमा बसभित्र युवकसँग भेटिएका दुई युवतीलाई क्वरेण्टीनमा राखियो

बैशाख २० कैलाली

तीन दिनअघि धनगढीमा पार्किङ गरिएको बसमा मध्यरातमा भेटिएका चार जना युवायुवती मध्ये दुई युवतीलाई क्वरेण्टीनमा राखिएको छ ।

उनीहरुका आफन्तले घर लैजान नमानेपछि क्वरेण्टीनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुलाई धनगढीमा रहेको रंगशालाको क्वरेण्टीनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

काठमाण्डौबाट आएका उनीहरु दुवै जना डडेल्धुराका हुन । दुवै युवतीसँग बसभित्रै भेटिएका धनगढीकै २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीलाई भने परिवारको जिम्मा लगाइएको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीमा रहेको ६ लेन सडकदेखि शिवपुरी धाम जोड्ने सडकमा पार्किङ गरिएको बसमा भेटिएका दुई जना युवा र दुई युवतीलाई प्रहरीले तीन दिनअघि राति नै पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुई युवामध्ये एक जना त्यसै बसका सह–चालक हुन भने अर्का उनका साथी हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार