रुकुम पश्चिमबाट ४ हजार २१६ विद्यार्थी एसइईमा सहभागी हुँदै

रुकुम पश्चिमबाट ४ हजार २१६ विद्यार्थी एसइईमा सहभागी हुँदै

फाईल तस्वीर

मुसिकोट । आगामी चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पश्चिमबाट चार हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस वर्षको एसइई परीक्षामा कुल ४ हजार २१६ जना विद्यार्थीले सहभागिता जनाउने छन ।

चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने सो परीक्षामा जिल्लाबाट साधारणतर्फ ४ हजार ९३ जना, प्राविधिक तर्फ ८१ जना र ग्रेड वृद्धितर्फ ४२ जना गरी कुल ४ हजार २१६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनले जानकारी दिनुभयो ।

परीक्षामा २ हजार १६२  छात्रा र २ हजार ७२ जना छात्र सहभागी हुने जनाइएको छ । परीक्षामा सहभागि हुने छात्रभन्दा छात्राको संख्या बढी देखिएको छ ।

परीक्षामा जिल्लाका ७६ वटा सामुदायिक, १ खुल्ला र ५ वटा संस्थागत विद्यालय गरी ८२ वटा विद्यालयहरूबाट विद्यार्थीहरू सहभागी हुने छन् ।

यस्तै एसइईका लागि यहाँका २३ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न केन्द्राध्यक्षहरुलाई केहि दिनमा तालिम दिने तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुनले  जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार