कसले बनायो

कसले बनायो

थाहा छैन मान्छे कसले बनायो
सानो छँदा कथा सुनाउथे
भगवानले खरानी र कुखुराको सुलिले बनायो
हामिपनि हात कोतर्दै भन्थ्यौ ,
होला मेरो हात पनि कुखुराको सुलि गनायो ।

त्यसो भए कुखुरा कसले बना‍यो
त्यो पनि सुलि गनाउने
सायद भनवान नै होला त्यो पनि बनाउने
राक्षसको हाडबाट पहाड अनि रगत पसिना बाट पानी बनाउने
राक्षस कत्रो थियोहोला एउटा लास बाट सिंगो संसार बनाउने ।

वास्तबमा मान्छेले नै सब कथा बनायो
बाउ विनको शिव बनायो
हात्ती जोडेर गणेश बनायो
राजाको छोरा राम बनायो
कल्पनामा पुस्पक विमान बनायो
अनि विमान चढ्ने रावनलाई हराम बनायो
अनि उट्प्याङ थप्दै अरुलाई सुनायो ।

भगवानले मान्छे बनायो बनाएन
तर मान्छेले भगवान पक्कै बनायो
कहिले पहिले भगवान त कहिले पहिले मन्दिर बनायो
यस्तो खुराफाति सायद भगवान हुदैन
मान्छेले ले नै भगवान बनायो
त्यो पनि तेरो र मेरो बनायो
अनिमात्र मान्छे खराबै छ भन्ने जनायो
कुनै पहिले बनायो
कुनै अहिले बनायो
कसले पो हरहिसाव राख्यो र कुन कहिले बना‍यो ।

पुरानो कुरामा बिश्वास हुदैन उहाहरण छ ताजै
मोहणशरणले हिजो नेपाल माता बनाए
सद्गुरुले लिङ्ग भैरबि बनाय आजै ।

सबै कथा यस्तै यस्तै हुन
कुनै पुराना कुनै नयाँ मात्र हुन
यस्तो कल्पना शक्ति भएको मान्छे वनाउने होला र कुन
मान्छे र पृथवी जसले बनाए पनि ,
कुरो यो हो कि
भनवान बनाउने चाहिँ मान्छे नै हुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार