नाटक मात्र भयो

नाटक मात्र भयो

नाटक मात्र भयो
कर्म को मतलब काम हो
काण्ड समय अवस्था हो
कर्मकाण्ड भोलिको जिबनलाई
तालिम हुनु पर्नेमा
यो त केवल नाटक भो ।

संधै आमा संग भात रोटि माग्ने छोरा
आज भिक्षा माग्दै गयो
पहिलो तालिम त तब झुर भयो
आमाले नै पहिलो भिक्षा दिनुभयो ।

तै पनि केही ज्ञान मिल्दछकि जिवनको भनी
माग्दै माग्दै गयो
दोश्रो भेट त आफ्नै मामा र काका संग भयो ।
ज्ञान सिक्न हिडेको छोरा
जीवन भोगाई हो कि नाटकमा दुबिधा भयो ।

१२(१५ बर्षमै गरिदिन्थे बिबाह छोरिको उहिले
अनि घागरबाट गुन्युचोलि लगाउनुपर्ने भयो
छोरी तरुनी भै भनी कुटुम्बलाई देखाउन
त्यो समयमा भात भण्डारा नै चल्यो
तर ७ बर्षकि छोरिलाई गुन्यु लगायर
कसलाई पो देखाउनु पर्ने भयो
न धर्म मिल्ने न कर्म मिल्ने
यो त केवल नाटक नै भयो ।

घर बिद्यालयमा गरिने काम तालिम हो
जिवनमा लागू हुने
बेलामा सीप नसिक्ने हरु भोगाईमा के गर्लान
तिनै हुन वास्तविक खेलमा पछाडि हुने ।
बाहनका अर्थ हात्ती र घोडा हुन्थ्यो
अहिले त गाडि भयो
लेजर र बारुदका जमानामा
धनुषबाण चलाउन के जरुरी भयो ।

कर्मकाण्ड त सिकाई हो जिवनको
यो त देखावटि भयो
न धर्म सिक्ने न कर्म सिक्ने
यो त केवल नाटक मात्र भयो ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार