खरखरेमा जीप दुर्घटना हुँदा चालक र सह चालक घाईते

खरखरेमा जीप दुर्घटना हुँदा चालक र सह चालक घाईते

मुसिकोट । सोमबार बिहान जिल्लाको मुसिकोट नगरपालिका ३ खरखरेमा बोलेरो जीप दुर्घटना भएको छ ।

तरकारी बोकेको रा १ त १२६४ नम्वरको डबल क्याप बोलेको जीप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार घाईते हुनेहरुमा चौरजहारी नगरपालिका ३ का २२ बर्षिय जीप चालक बिन्दास घर्ती मगर र सल्यानको बागचौर नगरपालिका ४ पेदिखोलाका १९ वर्षिय सह चालक धर्म राज बस्नेत रहेका छन् ।

जीप सडकबाट करिब ३२० मिटर तल खसेको बताइएको छ । जीपमा दुई जना मात्र सवार रहेको बताईएको छ । मुसिकोट खलङगाबाट तरकारी बोकेर सानीभेरी गाउँपालिकाको सिम्ली तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।

घाईते मध्य चालक घर्तीको ढाड, अनुहार र हातखुट्टामा चोट लागेको छ भने सह चालक बस्नेतको बाँया हातमा चोट लागेको छ । घाईते दुवै जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । दुबै जना खतरामुक्त रहेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार