प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न घोराही सिमेन्टलाई स्वीकृति

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न घोराही सिमेन्टलाई स्वीकृति

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रिज लिमिटेडलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ ।

बोर्डले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता ४०० रुपैयाँ मूल्यमा र सर्वसाधारणलाई ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न वैशाख ६ गते स्वीकृति दिएको हो ।

उत्पादन तथा प्रशोधन समूहअन्तर्गत यो कम्पनीलाई स्थानीयका लागि तीन लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्कासन गर्न बोर्डले स्वीकृति दिएको हो ।

यो कम्पनीले निष्कासन गर्न लागेको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । धितोपत्र बोर्डले स्वीकृति दिएसँगै यो कम्पनीले अब प्रबन्धपत्र जारी गरी आईपीओ निष्कासन बिक्री तालिका सार्वजनिक गर्ने छ ।

घोराही सिमेन्टले सगरमाथा सिमेन्ट ४३ ग्रेड, सगरमाथा सिमेन्ट ५३ ग्रेड, सगरमाथा गोल्ड र सगरमाथा गोल्ड पीपीसी उत्पादन गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार