सर्वाधिक राशिको रुकुम कप उद्घाटन

सर्वाधिक राशिको रुकुम कप उद्घाटन

मुसिकोट । रुकुम कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मंगलबार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले रुकुम कप २०८० को उद्घाटन गर्नुभएको हो ।

कर्णाली प्रदेशकै सर्वाधिक राशिको रुकुम कपको आयोजना रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले गरेको हो । आयोजक केन्द्रका अध्यक्ष तेजबिक्रम बिएमले प्रतियोगितामा १० वटा टिमले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

सुर्खेत, रोल्पा, प्युठान, सल्यान, एक विभागिय (सशस्त्र प्रहरी) र रुकुम पश्चिमका गरी १० वटा टिमले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिता वैशाख २४ गतेसम्म चल्ने बताईएको छ ।

यो प्रतियोगिता कर्णाली प्रदेशकै हालसम्मको ठूलो राशिको भएको आयोजकको दाबी रहेको छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपिँया पाउने छ । उप विजेताले दुई लाख ५० हजार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टिमले समान १/१ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरलाई १० हजार र अन्यलाई पाँच/पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

खेल हेर्नका लागि जिल्लामा पहिलो पटक टिकट शुल्क तोकिएको छ । एक सय रुपिँया प्रवेश शुल्क तोकिएको अध्यक्ष बिएमले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार