उच्च अदालतको आदेश : त्रिजमाविको निमित्त प्रअ केसी नै यथावत

उच्च अदालतको आदेश : त्रिजमाविको निमित्त प्रअ केसी नै यथावत

मुसिकोट । रुकुम पश्चिमको त्रिभुवन जनता मावि खलंगाको निमित्त प्रध्यानाध्यापकको विवादबारे उच्च अदालत सुर्खेतले विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा मुसिकोट नगरपालिकाले गरेको निर्णय नै सक्रिय गराउन आदेश गरेको छ ।

यस अघि उक्त निर्णय कार्यान्वयन नगर्न गरेको अल्पकालिन अन्तरिम आदेश खारेज गर्दै अदालतले आज अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको हो । उच्च अदालत सुर्खेतका का.मु. मुख्य न्यायाधीश  माधव प्रसाद पोखरेल र न्यायाधीश  लेखनाथ ढकालको सयुक्त इजलासले उक्त उत्प्रेषण जारी गरेको हो ।

व्यवस्थापन समिति र नगरपालिकाले विद्यालयका शिक्षक गोपिराम केसीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेको थियो । त्यसअघिका प्रधानाध्यापक हरिप्रसाद खनालको ५ वर्षे कार्यकाल सकिएको र आर्थिक अनियमिततामा मुछिएकोले निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिन नसकिने भन्दै विद्यालय व्यवस्थापन समितिले चैत्र २८ गते शिक्षक गोपिराम केसीलाई निमित्त प्र.अ. तोक्नका लागि मुसिकोट नगरपालिकामा सिफारिस गरि पठाएको थियो ।

सोहि सिफारिसको आधारमा नगरपालिकाले केसीलाई निमित्त प्रधानाध्यापक तोकेको थियो ।

व्यवस्थापन समिति र नगरपालिकाको उक्त निर्णय बिरुद्ध खनालले उच्च अदालत सुर्खेतमा मुद्धा दर्ता गर्नुभएको थियो । आज अदालतले दुबै तर्फको बहसपछि व्यवस्थापन समिति र नगरपालिकाको निर्णयलाई कार्यान्वय गर्न आदेश गरेको हो ।

अब विद्यालयको निमित्त प्रधानाध्यपक केसी नै हुनुहुने व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले उच्च अदालतले निमित्त प्रधानाध्यपक बारेको विवाद टुंग्याईदिएको बताउनुभयो ।

यस मुद्धामा निवेदक खनालका तर्फबाट अधिवक्ताद्वय बिद्याभूषण मानन्धर र शेरबहादुर खत्रीले वहस गर्नुभएको थियो भने विपक्षीको तर्फका अधिवक्ता विवसकुमार बस्नेतले बहस गर्नुभएको थियो ।

खनालले आफु माथि लागेको आर्थिक अनियमितताको आरोपको खण्डन गर्दै आउनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार