रुकुम कप भलिबलको आयव्यय सार्वजनिक

रुकुम कप भलिबलको आयव्यय सार्वजनिक

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रद्धारा आयोजित पत्रकार सम्मेलन ।

मुसिकोट । वैशाख १८ देखि २४ गतेसम्म रुकुम पश्चिमको सदरमुकाम मुसिकोट संचालन भएको रुकुम कप भलिबल प्रतियाेगिताको आयव्यय विवरण विवरण सार्वजनिक गरिएको छ । बिहिबार प्रतियोगिता आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले पत्रकार सम्मेलन गरेर आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम विएमका अनुसार प्रतियोगिता संचालनका लागि कुल १७ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ । जसमध्य ६ लाख ९१ हजार २ सय ९० रुपैंया आम्दानी भएको छ भने ९ लाख ८६ हजार ७ सय १० रुपैयाँ तिर्न बाँकी रहेको अध्यक्ष बिएमले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ लाख रुपैयाँ भने उठ्न बाँकी रहेको छ । उक्त रकम प्राप्त भएमा आयोजकलाई ९ लाख ८६ हजार ७ सय १० रुपैयाँ घाटा लाग्ने बताईएको छ ।

आम्दानी तर्फ टिकट शुल्कबाट ३ लाख २१ हजार, सहयोगी दाताबाट २ लाख, टिम दर्ताबाट १ लाख ५ हजार र सहयोग रसिदबाट ६५ हजार २ सय ९० उठेको आयोजकको भनाई छ ।

अध्यक्ष बिएमका अनुसार करकट्टी गरेर पुरस्कारमा ७ लाख ६२ हजार ५ सय, घेराबार, टेन्ट, मञ्च निर्माण र साउण्डमा ४ लाख, रेफ्रि भत्ता १ लाख ५० हजार, खेलाडी खाना तथा वासका लागि ९० हजार, स्वयंसेवक खाना तथा खाजा खर्च ६० हजार, स्वयंसेवक भत्ता ५० हजार र झण्डा, व्यानर, आइडी कार्डमा ४५ हजार खर्च भएको छ ।

त्यसैगरी अन्य खर्चमा कप, मेडल, प्रमाणपत्र, सम्मान पत्रमा ४३ हजार, रेफ्रि बस्न खान ४० हजार, प्रचारप्रसार ४० हजार, बल, नेट, स्टेशनरी ३५ हजार, नगरपालिकामा कर ३५ हजार, पानी ३० हजार, फिल्ड निर्माण २० हजार र टिकट प्रिन्टमा ७ हजार रहेको छ ।

अनुमान गरे अनुसार दर्शकहरु नआएको र आश्वासन भए अनुसार सहयोग संकलन नभएको अध्यक्ष बिएमले पत्रकार सम्मेलनमा जारी गराउनुभयो ।

जिल्लामा पहिलो पटक कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भलिबल आयोजना गरिएको थियो । प्रतियोगिताको विजेताले ५ लाख, उप विजेताले २ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने २ टिमले समान १/१ लाख पुरस्कार पाएका थिए । प्रतियोगिताको उपाधि आयोजक रुकुम पश्चिमले जितेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार