मुसिकोटमा गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन

मुसिकोटमा गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन

मुसिकोट । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमले दिप प्रज्वलन गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा मुसिकोट नगरपालिका १ खलङगा कालिका थानमा आज बेलुका दिप प्रज्वलन गरिएको हो ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण केसीका अनुसार मुलुकमा भएको ऐतिहासिक परिवर्तनको महत्वपूर्ण दिनको पूर्वसन्ध्यामा दिप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा मुलुकमा गणतन्त्र प्राप्तीका लागि प्राण आहुती गर्नुहुने महान् सहिदहरुको सम्झनामा मौनधारण समेत गरिएको थियो ।

यस्तै संगठनले दिवसकाे अवसरमा आज बिहान बिरामीलाई फलफुल वितरण गरेको छ । अखिल क्रान्तिकारीले आज जिल्ला अस्पताल सल्ले पुगेर उपचाररत २५ जना विरामीलाई फलफुल वितरण गरेको हो ।

सरकारले जेठ १५ गतेको दिन गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार