गणतन्त्र दिवसमा रुकुम कारागारबाट पाँच कैदीबन्दी रिहा

गणतन्त्र दिवसमा रुकुम कारागारबाट पाँच कैदीबन्दी रिहा

मुसिकोट । गणतन्त्र दिवसको अवसरमा रुकुम कारागारबाट पाँच जना कैदीबन्दी रिहा भएका छन्।  १६औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम पाँच जनालाई कैदमुक्त गरिएको रुकुम कारागारले जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार कैदमुक्त भएका पाँच जनामध्ये बहुबिवाह मुद्धाका दुई जना, डाँकाचोरी मुद्धाका एक जना, कुटपिट अंगभंग मुद्धाका एक जना र कर्तव्य ज्यान मुद्धाका एक जनाले कैद जीवन बिताइरहेका थिए ।

मुद्दा नकारात्मक सुचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार