सेरीगाउँमा म्याद गुज्रेका सामान जफत गरी नष्ट

सेरीगाउँमा म्याद गुज्रेका सामान जफत गरी नष्ट

मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम  मुसिकोटका विभिन्न ठाउँमा वजार अनुगमनको क्रममा जफत गरिएका  सामान नष्ट गरिएको छ ।

अनुगमनको क्रममा फेला परेका  म्याद गुज्रिएका अखाद्य बस्तुहरु आज जिल्ला प्रशासन कार्यालयमा नष्ट गरिएको हो । अनुगमनको क्रममा जफत गरिएका १० हजार ६ सय ४० रुपैयाँ बरावरको सामान नष्ट गरिएको जनाइएको छ ।

सवै भन्दा बढि चटपटे वनाउन प्रयोग हुने भुजा म्याद गुज्रिएको भेटिएको छ । जिल्ला स्तरिय अनुगमण टोलीले मुसीकोट नगरपालिकाको वडा नम्वर ५ को सेरीगाउँ
वजारमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार वजारमा अखाद्य बस्तुहरु विक्रि वितरण भैरहेको गुनासो आए पछि अनुगमन गरिएको हो ।

पिरो भुजा, नक्जिन, भुजा, फ्रटी, चक्लेट, चाउचाउ, हर्पिक, कुरकुरे, चिसो पर्दाथ लगायत वस्तु जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो ।

यस्तै अनुगमनको क्रममा अनुगमन टोलीले व्यवसाय दर्ता नभएको, इजाजत बिना बिक्री बितरण गर्नुपर्ने सामग्रीहरुको इजाजत नलिएको, मूल्य सूची, पसलको नामको बोर्ड नराखिएका केहि पसलका सञ्चालकहरुलाई सात दिन भित्र इजाजत दिएर व्यवसाय सञ्चालन गर्ने निर्देशन दिइएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, उद्योग वाणिज्य संघ ,जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ लगायतको टोलीले मुसिकोट नगपालिका ५ सेरीगाउँ स्थित खाद्यान र किराना पसलहरुमा अनुगमन गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार