रुकुम पश्चिममा निर्माण भैरहेका सडकको बारेमा छलफल

रुकुम पश्चिममा निर्माण भैरहेका सडकको बारेमा छलफल

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आज जिल्लामा संचालित सडक आयोजनाको बारेमा कार्यान्वयन गरिरहेका विकास कार्यालय र कामको जिम्मा पाएका ठेकेदार कम्पनीसँग छलफल गरेको छ ।

विषेश गरि जिल्लामा निर्माण भएका र निर्मानाधिन सडकको कार्यान्वयन गर्ने कार्यालय र ति सडकमा काम गरिरहेका ठेकेदार कम्पनीसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त जानकारी दिनुभयो ।

सम्बन्धित कार्यालय/विकास आयोजनाबाट बहुबर्षीय आयोजना तथा चालु आर्थिक वर्ष २०७९/०८० मा संचालित विकासका आयोजना कार्यक्रमलाई तोकिएको परिमाण, गुणस्तर, लागत, समय अनुरुप हुने गरी सम्पन्न गर्ने व्यवस्था मिलाउने र सो को नियमित प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा समेत गर्न निर्देशन दिईएको छ ।

यस्तै आयोजनाहरुको भूक्तानी गर्दा स्थलगत अनुगमन गरी कार्य सम्पन्न तोकिएको परिमाण, गुणस्तर, लागत, समय अनुरुप भए/नभएको यकिन गरी मात्र गर्ने/गराउने निर्णय भएको छ ।

आयोजना कार्यक्रम संचालनका क्रममा देखा परेका शान्ति सुरक्षा लगायतका समस्याका विषयहरुमा स्थानीय प्रशासनसंग निरन्तर रुपमा समन्वय गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

यस्तै राजमार्गमा हुनसक्ने अवरोध हटाउनका लागि सम्भावित स्थानहरुको पहिचान गरी स्थानीय तह, सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्गको कार्यालय, पूर्वाधार विकास कार्यालय, सम्बन्धित विकास आयोजना/कार्यालयले सामग्रीहरु लोडर, स्काभेटर, सडक मजदुर आदि सडक सूचारु गर्ने प्रयोजनार्थ तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार