दोपाई र डाडाछिवाङमा निशुल्क स्वास्थ्य शिविर हुँदै

दोपाई र डाडाछिवाङमा निशुल्क स्वास्थ्य शिविर हुँदै

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ र १४ को संयुक्त आयोजना निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

यही जेठ १९ र २० गते छिवाङ्ग स्वास्थ्य चौकीको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको हो । मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खलबहादुर खड्काका अनुसार मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो ।

शिविरमा जनरल चेकजाँच, ब्लड प्रेसर चेकजाच, तौल नाप, रक्त समूह परिक्षण, परामर्श सेवा, ड्रेसिङ तथा प्राथमिक उपचार र गर्भवती महिलाहरु एवं जटिल रोगको समस्या भएका विरामीहरुको लागी निशुल्क भिडियो एक्सरे सेवा सन्चालन हुने वडा अध्यक्ष खड्काले जानकारी दिनुभएको छ ।

शिविर यहि जेठ १९ गते प्रभात माध्यमिक विद्यालय छिवाङ्ग दोपाई र २० गते राष्ट्रिय आधारभुत विद्यालय डाडाछिवाङमा विहान १० बजे देखि बेलुका ५ वजे सम्म संचालन हुने जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार